छिमेक लघुबित्त बित्तिय संस्था शाखा कार्यालय बाबियाचाैरले नगद सहयोग प्रदान गरेकाे छ । पञ्चपुरी नगरपालिका वडा नं ६ सुर्खेतकाे इकाई नं. ४७५५० का सदस्य पबित्रा रावलकाे श्रीमानकाे मृत्युु पश्चात् संस्थावाट प्राप्त हुने सहयोग स्वरुप नगद रु ५ हजार सहयोग प्रदान गरिएको छ ।
त्यसैगरी पञ्चपुरी नगरपालिका वडा नं ६ मा बस्ने ईकाइ नं. ४७५५७ काे सदस्य पुष्पा सार्कीलाई सुत्केरी भत्ता बापत नगद रु २ हजार प्रदान गरिएको छ । त्यस्तै संस्थाले पञ्चपुरी नगरपालिका वडा नं ५ बस्ने ईकाइ नं ४७५१७ कि शारदा सार्कीकाे श्रीमानकाे मृत्युु भए पश्चात् पाउने सहयोग रु ५ हजार समेत प्रदान गरिएको संस्थाका प्रतिनिधि गिता बिकले जानकारी दिनुभएको छ । संस्थाले उनिहरुकाे घरमै पुगेर सहयोग रकम प्रदान गरेकाे हाे ।