गर्मी बढेपछि दाङका विद्यालय बन्द

दाङ – अत्यधिक गर्मीका कारण दाङका विद्यालय बन्द भएका छन् । दाङको देउखुरीका राप्ती र गढवा गाउँपालिका तथा लमही नगरपालिकाले आजदेखि विद्यालय बन्द गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले ५ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकोको छ । भोलिदेखि जेठ २२ गतेसम्मका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डाराले जानकारी दिनुभयो ।

अत्यधिक गर्मी बढेसँगै तराईसहितका अन्य जिल्लाका विद्यालयहरूमा पनि बिदा दिइएको छ । ujyaalo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...