पञ्चपुरी नगरपालिका सुर्खेतका निबर्तमान जनप्रतिनिधीहरुको बिदाइ,

49 पटक हेरिएको

पञ्चपुरी नगरपालिका सुर्खेतका निबर्तमान जनप्रतिनिधीहरुको आज बिदाइ गरिएको छ । नगरपालिकाको कार्यालय बाबियाचौरमा आज निबर्तमान जनप्रतिनिधीको बिदाइ संगै नव निर्वाचित जनप्रतिनिधीको स्वागत समेत गरिएको छ ।

कार्यक्रममा निबर्तमान नगर प्रमुख उपेन्द्र बहादुर थापाले नया जनप्रतिनिधीको कार्य सफलताको शुभकामना समेत दिनुभएको छ । थापाले आफ्नो ५ बर्षको अबधीमा सबैको सहयोग र समन्वयमा काम गरेको र अबका जनप्रतिनिधिले पनि जनताको भावना र बिचारको कदर गर्दै काम गर्न सुझाव समेत दिनुभएको छ ।

कार्यक्रमको समापन गर्दै नगर प्रमुख लालवीर भण्डारीले नगरपालिकाले गरेका हरेक निति तथा कार्यक्रमहरुलाइ आत्मसाथ गर्दै काम गर्ने बताउनुभएको छ । निवर्तमान जनप्रतिनिधिहरुको अनुभव र सुझावका साथ थप नया कामहरु गर्ने समेत प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...