चौकुनेको नवलक्ष्मी साना किसान सहकारीमा बिवाद बढ्दै, सदस्यहरु रकम डुब्ने भन्दै चिन्तीत,

60 पटक हेरिएको

सुर्खेतको नवलक्ष्मी साना किसान कृषी सहकारी संस्था चौकुने ८ गुटुमा बिवाद बढ्दै गएको छ । पुरानो कार्यसमिति र नयाँ गठन गरिएको कार्यसमिति बिच समिति गठन प्रकृयामै बिवाद भएपछि १ हप्ता देखि सहकारीमा तालाबन्दी गरिएको छ । सहकारीका निवर्तमान अध्यक्ष हिमलाल कडेल नेतृत्वले कार्य समिति गठन प्रकृया बिधान अनुसार हुनुपर्ने भन्दै माग राखेको छ । सहकारीका ४ सय २१ जना सदस्यको हस्ताक्षर सहित भुमि ब्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालय सुर्खेतमा निबेदन दिएपछि कार्यालयले विशेष साधारणसभा गर्न र प्रकृया पूरा गरि समिति गठन गर्न सहकारीलाई पत्राचार समेत गरेको छ । गत पौष १६ गते बसेको साधारणसभाले नया कार्यसमिति गठन गर्न नसकेपछि अहिले सहकारीमा समस्या बढ्दै गएको छ ।
समिति गठनका लागि साधारणसभाले गठन गरेको निर्वाचन समितले कार्यसमिति गठन गर्न नसकेपछि अहिले समुहबाट छनौट गरि पठाएका सदस्यबाट सहकारीमा रत्नबहादुर दर्लामीको नेतृत्वमा कार्यसमिति गठन गरि कामलाई निरन्तरता दिईएको छ । सहकारी रजिस्ट्रार कार्यालयले पठाएको पत्रलाई मान्यता नदिने भन्दै दर्लामी नेतृत्वको समितिले मंगलबार (आज) प्रेस बिज्ञप्ति समेत जारी गरेको छ भने शेयर सदस्य हरुले सहकारीमा लगाएको ताला जबरजस्ती खोलेका छन । छिटो निकास निकाल्नुपर्नेमा जोड दिएका छन ।
बिज्ञप्तीमा सहकारीका निवर्तमान अध्यक्ष हिमलाल देवकोटाले वार्षिक साधारणसभाका निर्णयहरु प्रति असुन्तुष्टि जाहेरगरी ऐन बिपरीत विशेष साधारणसभाको माग गरेको, सस्थाको गाडी चालक कर्मचारी सस्थामा बिना जानकारी उपस्थित नभएको र बिना बरबुझारथ गाडी अलपत्र छोडेको, बैकको खाता रोक्का गरी ८३ लाख रकम बन्द गरेको, संस्थामा शेयर सदस्यको विरुद्व तालाबन्दी गरेको, बिशेष साधारणसभाको तिथिमिति तोक्न बैठक बोलाउदा बैठकमा उपस्थित हुन नमानेको बिबाद मात्र सृजना गरेको भनिएको छ ।
यता निबर्तमान अध्यक्ष कडेलले निर्वाचन समितिले र सहकारी रजिस्ट्रारको कार्यलयले समेत समिति गठनमा बैधानिकता खोजेको र बिशेष साधारणसभा गर्न आग्रह गर्दा पनि अटेर गरेको हुदा बाध्य भएर तालावन्दी गर्नुपरेको बताउनुभएको छ । जवरजस्ती ताला खोल्ने काम गरे थप संघर्षका कार्यक्रम गर्ने र कानुनी बाटो खोज्ने समेत बताउनुभएको छ । दुबै पक्ष संग समस्या समाधानका लागि प्रहरी चौकी गुटुमा अहिले पनि छलफल जारी रहेको छ । सहकारीमा २ पक्षको बिबादले गर्दा १ हजार ३ सय बढि शेयर सदस्यहरुले आफ्नो लगानी र बचत डुब्ने चिन्ता गरेका छन । उनिहरुले छिटो भन्दा छिटो निकास निकाल्नुपर्नेमा जोड दिएका छन ।
बिज्ञप्तीमा सहकारीका निवर्तमान अध्यक्ष हिमलाल देवकोटाले वार्षिक साधारणसभाका निर्णयहरु प्रति असुन्तुष्टि जाहेरगरी ऐन बिपरीत विशेष साधारणसभाको माग गरेको, सस्थाको गाडी चालक कर्मचारी सस्थामा बिना जानकारी उपस्थित नभएको र बिना बरबुझारथ गाडी अलपत्र छोडेको, बैकको खाता रोक्का गरी ८३ लाख रकम बन्द गरेको, संस्थामा शेयर सदस्यको विरुद्व तालाबन्दी गरेको, बिशेष साधारणसभाको तिथिमिति तोक्न बैठक बोलाउदा बैठकमा उपस्थित हुन नमानेको बिबाद मात्र सृजना गरेको भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...