सुर्खेतको पञ्चपुरी नगरपालिकामा जेठ १८ गते हुने नगर कार्यपालिकाको चुनावका लागि आज मनोनयन दर्ता भएको छ ।
। कार्यपालिकाको चुनावका लागि ३ खुल्ला सदस्य र ५ निर्वाचित महिला सदस्यहरु गरि ८ पदका लागि हुने निर्वाचनमा नेपाली काङ्ग्रेस र नेकपा एमाले बिच प्रतिस्पर्धा हुने भएको छ
नेकपा एमालेबाट खुल्ला सदस्यमा गगन बहादुर बिक, बिरबहादुर कामी र डम्मर बहादुर राजीले उम्मेदवारी दिएका छन भने कांग्रेसबाट गोर्ख कमी, देबेन्द्र राजी र भगे कामीले उम्मेदवारी दिएका छन । यस्तै महिला सदस्यमा एमालेले कमला बिसी, गौरादेबी माझी, पार्वती बिक, रिमा बि क र साबित्रा टमटो लाई उम्मेदवार बनाएको छ ।
यसैगरी नेपाली काङ्ग्रेसले अनिता बि क, कमला सुबेदी, कोपिला नेपाली, चन्द्रा आले मगर र भावना रावल उम्मेदवार बनाएको निर्वाचन अधिकृतको कार्यालय पञ्चपुरीले जनाएको छ ।
पञ्चपुरीमा नगरपालिकामा नगर प्रमुख काग्रेस बाट लालवीर भण्डारी र उपप्रमुख पदमा काङ्ग्रेसक मुक्ति रेग्मी निर्वाचित भएका छन । ११ वटा वडा रहेको पञ्चपुरी नगरपालिकामा ८ ओटा वडा नेपाली काङ्ग्रेस २ ओटा वडा नेकपा एमाले, र १ वडा नेकपा माओवादी केन्द्रले जितेको छ ।
५७ जना निर्वाचित सदस्य रहेको नगरपालिकामा १७ जना नेकपा एमाले, १ जना माओवादी केन्द्र र ३९ जना नेपाली कांग्रेसबाट निर्वाचित भएका छन । कार्यपालिका सदस्य पदका लागि निर्वाचन जेठ १८ गते बिहान १० बजे देखि १ बजे सम्म निर्वाचन अधिकृतको कार्यालय बाबियाचौरमा हुने जनाईएको छ ।