इलाका प्रहरी कार्यालय बाबियाचौरको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदायमा आज सचेतना कार्यक्रम गरिएको छ ।
पञ्चपुरी नगरपालिकाको वडा नम्बर १० जामु टोलमा बालविवाह, बहु–बिवाह, घरेलु हिंसा, लैङगिक हिंसा, छाउपडी प्रथा बिरुद्ध सचेतनामुलक कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख प्रहरी निरिक्षक टेक बहादुर देउवा सहितको टोलीद्धारा समुदायका ७५ जना नागरिकहरुलाइ सचेतना दिइएको हो । वडा नं १० का वडा सदस्य उज्जिर सिंह बिक को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।