सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क,

सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क हुने  भएको छ ।  आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी अस्पतालमा पत्रकारको निशुल्क उपचार हुने जानकारी दिएका हुन् । 

अर्थमन्त्री पौडेलका अनुसार नेपाल पत्रकार महासंघको सदस्य भएका र सूचना विभागको परिचयपत्र लिएका पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार हुने भएको हो । 

श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बीमा गर्ने भएको छ भने बीमा शुल्क सरकारले तिर्ने भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...