नेकपा एमाले सुर्खेतकाे समानान्तर कमिटीकाे अध्यक्षमा माेहन बडुवाल मनाेनित भए संगै सामाजिक सञ्जालमा बधाई काे अाेईराे लागेकाे छ । धेरैजसाे शुभेच्छुकहरुले पश्चिमकाे सम्भावना तथा कर्तब्यनिष्ठ नेता भएको पनि बताएका छन ।
माधव नेपाल समुहका प्रदेश सयोजक प्रकाश ज्वालाको हस्ताक्षरमा जारी विज्ञप्तीमा बडुवाल अध्यक्ष मनोनित भएका हुन । एमाले सुर्खेतका अध्यक्ष ध्रुबकुमार शाही पनि ओली पक्षमा लागेपछि बडुवाल एक्लिएका थिए । उनले केही दिनअघि आफूले गम्भीर बिचार गरिरहेको बताएका थिए ।
जसको नतिजा शुक्रबार आएको हो । उनलाई ओली पक्षमा लाग्न दबाब थियो । तर पनि उनले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधि सभा विघटन गर्ने कदम गैरसंवैधानिक भन्दै कांग्रेस, माओवादी लगायत पाँच दलसँग मिलेर केही दिनअघि सुर्खेतमा विज्ञप्ति जारी गरेका थिए ।
एमाले माधव नेपाल पक्षको सुर्खेत उपाध्यक्षमा टोप बहादुर रास्कोटी, सचिबमा शिव प्रसाद उपाध्याय र उप सचिव बलबहादुर नेपाली छन् ।
नेपाल पक्षका निबर्तमान प्रतिनिधि सभा सदस्य धुब्रकुमार शाही सुर्खेतका अध्यक्ष हुन । उनी सस्थापन पक्षमा लागेपछी समानान्तर कमिटी गठन भएको हो ।