सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ५ मा रहेको शान्ति प्राथमिक विद्यालयको ३६ औँ वार्षिक उत्सव आज सम्पन्न भएको छ। अभिभावक विद्यार्थी राजनीतिक दल लगायत सरोकारवाला निकायको सहभागिता मा वार्षिक उत्सव सम्पन्न गरिएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गङ्गाराम कँडेलले विद्यालयमा भौतिक संरचनाको अभाव भएको र यसका लागि सम्बन्धित निकायलाइ सहयोग गरिदिन आग्रह गर्नुभएको छ । विद्यालयमा बालबालिकाहरू को सङ्ख्या बढ्दै गएको र आगामी दिनमा आधारभूत तहसम्म सञ्चालन गर्ने उद्देश्य रहेको बताउनुभएको छ । विद्यालयमा प्रधानाध्यापक कँडेलले विद्यालय राम्रो बनाउन सबैको साथ आवश्यक रहने बताउनुभएको छ ।
कार्यक्रममा पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले विद्यालयको भौतिक विकासका लागि आगामी दिनमा आवश्यक पहल गर्ने बताउनुभएको छ । साथै उहाँले विद्यार्थी अभावमा गाभिने अवस्था आएको विद्यालयमा प्रधानाध्यापक लगायत सम्पूर्ण शिक्षक अभिभावकको सहभागितामा विद्यार्थीको उल्लेख्य संख्यामा वृद्धि भएको प्रति खुसी व्यक्त गर्नुभएको छ ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले विद्यालयको सर्वाङ्गीण विकास गर्नको लागि सबैको साथ सहयोग आवश्यक रहने कुरामा जोड दिनुभएको छ । साथै उहाँले विद्यालयको भौतिक विकासका लागि आगामी दिनमा नगरपालिकाले बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रममा विद्यालयका बालबालिकाहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरेका थिए । विद्यालयले बिभिन्न तहबाट विद्यालयमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान समेत गरेको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णखर न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।












