नेपाली काग्रेसको भातृ संघ नेपाल दलित सघं पञ्चपुरीले हिजो बिपन्न परिवारलाइ रहत बितरण गरेको छ । पञ्चपरी नगरपालिका वडा नं १० मा बस्ने लालि देबि बिकको घरपरिवारलाइ आज घरमै पुगेर खाद्यान्न बितरण गरिएको हो । बिकको परिवारलाइ चामल ५० केजी, दाल ४ केजी, चिनि २ केजी, तेल ३ लिटर, फलफूल लगाएत ६ हजार रुपया बराबरको सामाग्री सहयोग गरिएको हो ।
आर्थिक अबस्था कमजोर भएको र घर जग्गा जमिन नभएको र घरायी खर्च चलाउन गा¥हो भएको हुदा सहयोग गरिएको दलित संघका पञ्चपुरी सभापती ललित सुनारले जानकारी दिनुभयो । बितरण कार्यक्रममा नेपाली काग्रेस नगर सभापति कृपाराम थापा, नेपाल दलित सघंका सभापती ललित सुनार,वडा अध्यक्ष हरि ढकाल वडा सभापति बेदराज भण्डारी लगाएतको सहभागिता रहेको थियो ।
