नेपाल रेडक्रस सोसाइटी उपशाखा बिद्यापुरको बार्षिक साधारणसभा सम्पन्न,

29 पटक हेरिएको

नेपाल रेडक्रस सोसाइटी उपशाखा बिद्यापुर सुर्खेतको १८ औ बार्षिक साधारणसभा आज बिद्यापुरमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले रेडक्रसले बिद्यापुरमा आखाको जाँच सेवा संचालन गरेको प्रति प्रशंसा गर्दै रेडक्रस उपशाखाको भवन निर्माणका लागि आबश्यक बजेट बिनियोजन गर्ने बताउनुभएको छ ।

भण्डारीले आफु निर्वाचित भए लगतै सालकोटको प्राथमिक स्वास्थ्य केन्द्र लाइ ५० शैयाको अस्पालको रुपमा बिस्तार गर्नको लागि पहल गरेको समेत बताउनुभएको छ ।

साधारणसभाले मोतिप्रसाद सापकोटा सभापति रहने गरि ११ सदस्यीय नया कार्यसमिति समेत गठन गरेको छ । जसको उप सभापतिमा चन्द्राकुमारी सापकोटा, सचिव हिरामणी पौडेल, कोषाध्यक्ष वीरेन्द्रकुमार जोशी, उप सचिब गंगाराम घिमिरे र उप कोषाध्यक्ष रामबहादुर बिष्ट रहनुभएको छ ।

त्यसैगरी भेलाले सदस्यहरुमा डिला कुमारी सापकोटा, हस्त बहादुर हमाल, डिल्लीराम घिमिरे, खडानन्द बास्तोला र दयाराम भुसाललाइ चयन गरेको छ । साधारणसभा राम प्रसाद सापकोटाको अध्यक्षतामा समपन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...