नेपाल राष्ट्रिय प्राथमिक विद्यालय माझीगाउँले मनायो ३७ औँ वार्षिक उत्सव

22 पटक हेरिएको

१४ जेठ सुर्खेत ।
नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पञ्चपुरी ८ माझगाउँको ३७ औ वार्षिक उत्सव आज सम्पन्न भएको छ। विद्यालयले वार्षिक परीक्षामा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार समेत प्रदान गरेको छ। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जगतकुमारी थापाले विद्यार्थीको संख्या विद्यालयमा कम भएको हुँदा सम्पूर्ण अभिभावकले आफ्ना बालबालिकाहरूलाई विद्यालयमा भर्ना गराउनुपर्ने बताउनुभएको छ । साथै उहाँले विद्यालयको आर्थिक अवस्था कमजोर भएकोले फर्निचर व्यवस्थापनका लागि सहयोग गरिदिन नगरपालिकालाई आग्रह समेत गर्नुभएको छ।

कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले विद्यालयले विद्यार्थीको संख्या बढाउन अभिभावक शिक्षक र विद्यालय व्यवस्थापन समिति को छलफल गरी निष्कर्ष निकाल्नुपर्ने बताउनुभएको छ। साथै भण्डारीले विद्यालयलाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको समेत बताउनुभएको छ। कार्यक्रममा जनप्रतिनिधि शिक्षक विद्यालय व्यवस्थापन समिति अभिभावक लगायतकाे सहभागिता रहेको थियो । विद्यार्थीहरूले कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...