सुर्खेतका कोरोना संक्रमितले आइसोलेसनमा बसेको १० दिनपछि पुनः कोरोनाको परीक्षण गर्नु नपर्ने भएको छ। संक्रमित भएको १० दिनपछि संक्रमण अन्य व्यक्तिमा नसर्ने भएका कारण परीक्षण गर्नु नपर्ने भएको हो।
मंगलबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको कोरोना संकट व्यवस्थापन समितिले एकपटक संक्रमण भएको व्यक्तिले पुनः परीक्षण गर्नु नपर्ने निर्णय गरेको हो।
त्यस्तै, पिसिआर प्रयोगशालाको चाप घटाउन एन्टिजेन्टले संक्रमण पुष्टि भएमा फेरि पिसिआर परीक्षण गर्नु नपर्ने भएको छ। कोरोना परीक्षणका लागि एन्टिजेन र पिसिआर दुवैवटा विधिहरु विश्वसनीय भएको भन्दै अब यस्तो निर्णय गरिएको हो।