सामाजिक सुरक्षाभत्ता वडाबाट बितरण गर्न पहल गर्छु- अध्यक्ष ढकाल,

38 पटक हेरिएको

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं १० ले सामाजिक सुरक्षा भत्ता गाउमै बितरण गर्ने योजना बनाएको छ । पञ्चपुरी १० का नव निर्वाचित अध्यक्ष हरिप्रसाद ढकालले पदभार ग्रहण गर्दै शुसासन, पारदर्शिता सहित जनताको भावना अनुसार काम गर्ने प्रतिबद्धता गरेका छन ।

वडा कार्यालयले गर्ने हरेक कामहरुलाइ जनताको माझमा पुगाउनको लागि जनता संग वडा अध्यक्ष कार्यक्रम संचालन गर्ने समेत बताएका छन । वडाको सेवा क्षेत्र भित्रको शिक्षा, स्वास्थ्य, खानेपानीका लागि बिशेष योजना ल्याउने ढकालको भनाइ रहेको छ । भौतिक बिकास मात्रैले समुदायको बिकास नहुने उल्लेख गर्दै ढकालले सामाजिक, आर्थिक, मानसिक बिकासका कार्यक्रम संचालन गर्ने समेत बताएका छन ।

नव निर्वाचित जनप्रतिनिधिहरुले जनताको भावना सल्लाह र सुझावलाइ ग्रहण गर्दै आबश्यकताका आधारमा बिकासका योजना तयार गर्ने समेत प्रतिबद्धता गरेका छन । ५ बर्षको अवधिमा वडाले जग्गाधनी प्रमाणपत्र बितरण, खानेपानी, शिक्षा, स्वास्थ्य समस्याको समाधान गर्दै नमुना वडा निर्माण गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...