पूर्वमन्त्री पहाडीद्वारा डोल्पामा स्वास्थ्य सामग्री सहयोग,

पुर्व शान्ति मन्त्री सत्य पहाडीले डोल्पामा स्वास्थ्य सामग्री पठाएका छन् । उनले गाडीमार्फत अक्सिजन उत्पादन गर्ने दुई अक्सिजन कन्सन्ट्रेटर, २०० एन्टिजेन किट, व्यक्तिगत सुरक्षा सामग्री, मास्क, स्यानिटाइजर, पाँचवटा अक्सिजन रेगुलेटर, १५ सिलिण्डर र औषधि पठाएका हुन् ।

अक्सिजन प्लान्ट खरिद गरेर डोल्पामा पुगे पनि प्राविधिक नहुँदा उक्त प्लान्ट सञ्चालनमा आउन सकेको छैन । अक्सिजन भर्न नेपालगञ्ज जानुपर्ने बाध्यतालाई हल गर्न कन्सन्ट्रेटर डोल्पामा पठाएको पहाडीले बताए ।

अहिले अक्सिजन अभावकै कारण धेरै समस्या आएकाले यो सहयोगबाट राहत मिल्ने डोल्पाका पत्रकार बालकृष्ण डाँगीले बताए। त्यस्तै चिकित्सकहरुबाट जोखिम भत्ता नपाएको गुनासो बढेपछि सो भत्ताका लागि पहल गर्नेसमेत उनले बताए । रासस
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...