वन्यजन्तु चोरी सिकार तथा अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया पञ्चपुरीमा सम्पन्न,

15 पटक हेरिएको

सुर्खेत ।
वन्यजन्तु चोरी सिकार तथा अपराध नियन्त्रण सम्बन्धी सरोकारवालाहरूको बैठक आज पञ्चपुरीको बाबियाचौरमा सम्पन्न भएको छ । प्रदेश वन तथा वातावरण निर्देशनालयको आयोजना डिभिजन वन कार्यालय भेरी बाबियाचौरको समन्वयमा बैठक भएको हो । कार्यक्रममा पञ्चपुरी नगरपालिका भित्र रहेका सामुदायिक वन सरोकारवाला निकाय विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिज्यूहरू सँग चोरी सिकार नियन्त्रण गर्नको लागि स्थानीय को भूमिका र आगामी दिनमा कसरी यसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको छ ।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नगेन्द्रबहादुर शाहीले डिभिजन वन कार्यालयसँग समन्वय गरी स्थानीय सरकारले वनसँग सम्बन्धित कानुन तथा नीतिहरूलाई आत्मसाथ गर्दै काम गर्नुपर्नेमा जोड दिनुभएको छ । सामुदायिक वनमा हुने चोरी निकासी तथा विभिन्न व्यक्तिहरू अन्त्य गर्नको लागि एक्लैको प्रयासले सम्भव नहुने समेत उहाँले बताउनुभयो । अध्यक्ष शाहीले सामुदायिक वनमा भएका व्यथितिहरु आर्थिक हिनामिनाका कारण धेरै सामुदायिक वनहरु अलपत्र पर्न गएको बताउँदै यसका लागि पनि डिभिजन वन कार्यालयले चासो दिनुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रम प्रमुख डिभिजन वन अधिकृत बलमलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...