आफु भष्ट्रचार गर्दैन, भष्ट्रचार गरेको सहदैन- नगर प्रमुख भण्डारी,

56 पटक हेरिएको

सुर्खेतको पञ्चपुरी नगरपालिकाका नव निर्वाचित मेयर तथा उपमेयरले आज पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै नवनिर्वाचित प्रमुख लालविर भण्डारीले नगरपालिकाको पहिलो प्राथमिकता भष्ट्रचारमुक्त नगर बनाउने रहेको बताएका छन । आफ्नो कार्यकालमा आफुले पनि भष्ट्रचार नगर्ने र भएको पनि नसहने बताएका छन ।

जनप्रतिनिधि हरुलाइ निर्देशन दिदै भण्डारीले कार्यकर्ता खुसी पार्ने गरी योजना छनौट नगर्न आग्रह गर्दै त्यस्ता खालका योजनामा बजेट बिनियोजन नगर्ने बताएका छन । नगरपालिकाले गौरवका आयोजना हरुलाइ निरन्तरता दिने र कृषि, पर्यटन, शुसासन कायम गर्ने योजना अघि बढाएको छ ।

भण्डारीले नगरपालिकामा रहेका कर्मचारीको कामको मुल्यांकन गरेर उत्कृष्ठलाइ पुरस्कार तथा काममा आलटाल गर्ने लाइ दण्ड दिने बताएका छन । यस्तै उपमेयर मुक्ति रेग्मीले पनि पदभार ग्रहण गरेकी छन् । आजै वडाका निर्वाचित जनप्रतिनिधिहरुले समेत पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...