संसद बिघटनप्रति नेपाली काङ्ग्रेस सुर्खेत क्षेत्र नं २ काे आपत्ती,

25 पटक हेरिएको

राष्ट्रपतिकाे असम्बैधानिक कदमका बिरुद्ध नेपाली काङ्ग्रेस सुर्खेत क्षेत्र नं २ ले बिज्ञप्ति निकालेकाे छ ।

देश काेराेना महामारीले अाक्रान्त भएको बेला नागरिक काे स्वास्थ्य काे बिशेष ख्याल गर्नुपर्ने र महामारी बिरुद्धमा लाग्नुपर्ने बेलामा संसद बिघटन गरेकाे प्रति नेपाली काङ्ग्रेस क्षेत्र नं २ ले आपत्ति जनाएको छ ।

नेपाली काङ्ग्रेसले सरकारले आफ्नाे सत्ता टिकाउनकाे लागि विभिन्न ढंगबाट बेलाबेला संसंद बिघटन गर्नु संबिधानकाे मूल्य मान्यताकाे पालना नगरेकाे समेत अाराेप लगाएकाे छ ।

काङ्ग्रेसले काेरानाकाे महामारी राेकथामका लागि अाफ्ना पार्टीका सबै कार्यकर्ता एकजुट भएर लाग्न र सरकारले गरेकाे संसंद बिघटनकाे बिरुद्ध खबरदारी गर्न समेत सबैलाई आग्रह गरिएको सभापति लालबिर भण्डारीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...