सुर्खेतका नवनिर्वाचित प्रमुखहरुले सपथ लिए

सुर्खेतका नौ वटै स्थानीय तहका प्रमुखहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । नवनिर्वाचित पालिका प्रमुखहरुलाई जिल्ला समन्वय समितिको सभाहलमा मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले सपथग्रहण गराएका हुन् ।

सपथ लिनेहरुमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, लेकवेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेल, भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल, चिंगाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसी, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्द रहनुभएको छ ।

त्यस्तै, बराहताल गाउँपालिकाका अध्यक्ष भीम भण्डारी, पञ्चपुरी नगरपालिकाका प्रमुख लालबिर भण्डारी र चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक रहेका छन् ।

नेपालीरैबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...