रेडक्रसको आयोजनामा एक दिने आँखा जाँच सम्बन्धी अन्तरक्रिया सम्पन्न

19 पटक हेरिएको

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतको आयोजना तथा रेडक्रस उपशाखा विद्यापुरको समन्वयमा एक दिने आँखा जाँच सम्बन्धी अन्तरक्रिया कार्यक्रम पञ्चपुरीमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकाको वडा नम्बर १ देखि ११ सम्मका सम्पूर्ण विद्यालयका एक एक जना शिक्षकको सहभागिता रहेको कार्यक्रममा आँखा जाँच कसरी गर्ने भन्ने विषयमा छलफल भएको छ ।

तालिमका सहभागी शिक्षकहरूले विद्यालयमा सम्पूर्ण विद्यार्थीहरूको आँखाचाँज गर्ने र नगर शिक्षामा त्यसको जानकारी दिने भएका छन् । आँखा जाँचबाट विद्यार्थीमा समस्या देखिएमा जिल्ला रेडक्रस सुर्खेत लगायत विभिन्न निकायसँग समन्वय गरी आवश्यक उपचार समेत गरिने भएको छ । तालिममा जिल्ला रेडक्रस शाखा सुर्खेतका अध्यक्ष रामलाल आचार्य लगायतले सहजीकरण तथा छलफल गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...