दाल पिस्ने मेशीन ले १० समुहलाई बनायो सहज,

जूम्ला जिल्ला तिला , गुठिचौर , तातोपानी र चन्दननाथ नगरपालिका अन्तरगतका १० वटा कृषि उतपादक समूहका १० जना सदस्य हरु लाई सिमिको दाल पिस्ने मेशिन प्रयोग सम्बन्धी १ दिने अभिमुखिकरण गरी सिमिको दाल पिस्ने मेशिन हस्तानतरण गरिएको छ । वल्डभिजन इन्टरनेशनल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको सहजिकरणमा १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

तिला, तातोपानी गाउँपालिका, चन्दननाथ नगरपालिका, गुठीचौर गाउँपालिका १० वटा कृषि उतपादक समूहका १० जना सदस्य हरु लाई सिमिको दाल पिस्ने मेशिन प्रयोग गर्ने तरिका सिकाई समूहलाई प्रतिमेशीन रु३६१६० का दरले १० वटा समुह लाई रु३६१६०० बराबरको मेशिन उपलब्ध गराइएको छ ा समुहको कुनै चासो जिज्ञास ,गुनासो भएमा वल्डभिजन इन्टरनेशनल नेपालको टोल फ्रि नम्बर १६६००१०००१४ मा फोन गर्न किर्डाक नेपाल जुम्लाका अनुगमन तथा मुल्याङ्कन मील अफिसर ललित डागी का अनुसार किर्डाक नेपाल जुम्लाले सामाजिक क्षेत्रमा काम गर्दै आयको बताउदै किर्डाक नेपाल जुम्लाका कुनैपनी कर्मचारीले नराम्म्रा क्रियाकलाप गरेको पाइएमा किर्डाक नेपाल जुम्लाको टोल फ्रि नम्बर १६६००१०९१०९ मा फोन गर्न कृषक लाइ भन्नुभयो ।
सामुदायिक सहजकर्ता अजित थापा ले भन्नुभयो हरेक कार्यक्रम गर्दा होस , सहभागी छनौट गर्दा खेरी समबन्धीत निकाय वडा र पालिका संग समन्वय गरेर गर्ने गरेको बताउनुभयो । उहाले भननुभयो यदी हामी स्टाफले कुनै कुरामा तलमाथी गरेमा समयमा सस्थालाई जानकारी गराएमा सस्थाले अन्द स्पोर्ट मा कार्बाही गर्ने गरेको कुरा बताउनुभयो । किर्डाक नेपाल जुम्लाबाट विभिन्न प्रविधि , मेशीनहरु ,ग्रीन हाउस र बिउ बिजन वितरण गरिएको र सुधारिएको तरकारी खेति महिलाहरुलाई सिकाउन खोजिएको उहाँको भनाइ छ ।

सामाजिक, समुदाय सहजकर्ता गंगा महत – न्यौपाने ) भन्नु भयो ऐकिकृत पोषण तथा उत्थानशिलता जिबिकोपार्जन परियोजना अन्तरगत , गुठिचोैर ३ डुनेला सिमि उत्पादन समुह , चन्दननाथ १ देउतीबजै सिमि उत्पादन समुह, चन्दननाथ १० पीपल सिमि उत्पादक समुह , चन्दननाथ १० बिष्ट ज्यु सिमि उत्पादक समुह , तिला ४ भुवानी उत्पादन समुह , तिला ४ वाराभारी स्याउ उत्पादन समुह , तिला ३ नौलो विहानी सिमि उत्पादन समुह , चन्दननाथ ८ खलाखेत सिमि उत्पादक समुह, चन्दननाथ ९मालिका सिमि उत्पादक समुह, लाई दाल पिस्ने मेशिनले अब  सहज हुने कुरा बताउनु भयो । तिला गाउँपालिका ४ निवासी समुह सदस्य बिमला शाही भन्नु हुन्छ उहाले प्याज, काउली टमाटर गाजरको बारेमा कसरी बेर्ना उमार्ने सिमी उतपादन कसरी गर्ने भन्नेबारेमा पनी जानकारी पहिला पएका थियो भने अब दाल पीस्ने मेशिन चलाउने तरिका पनी थाहाँ भयो ।

जुम्लाका महिलाहरुको जीवन कृषि पेशाबाट बदलिन्छ उहाँले भन्नुभयो, यसका लागि महिला पनि जागरुक हुनुपर्छ । गरिब, दुखि, असाय, एकल महिला, दलित महिला, अपाङ्गता भएका महिलाको हक र हितका लागि किर्डाक नेपालले खेलेको भूमिका कहिले पनि बिर्सन सकिने छैन, उहाँले भन्नुभयो, संस्थाको हित भइरहोस मेरो शुभकामना छ । चन्दननाथ नगरपालिका १० निबासी समुह सदस्य तारा भण्डारी का अनुसार किर्डाक नेपाल जुम्लाले निकै प्रभावकारी र उदाहरणीय काम गर्दै आइरहेको बताउनुभयो ।

यो संस्थाले महिलाहरुलाई आत्मनिर्भर बनाउन सिकाएको उहाँले बताउनु भयो । महिलाहरुलाई आर्थिक क्षेत्रमा सहभागि गराउन र शसक्तिकरणमा किर्डाकले खेलेको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ छ । महिला समूह मार्फत गरेका असल र राम्रा कामहरुको सिकाई गर्ने अवसर प्रदान गरेको अब मेशिनले समुह लाइृ थप सहयोग पुगने भण्डारीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...