वातावरण सुधार बहुउद्देश्यीय सहकारी सस्था लि. बाबियाचौर सेवाकेन्द्रको आ.ब. २०७९÷०८० को बिजौरा, तातापानी र बाबियाचौरमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कृषि, शिक्षा, स्वास्थ्य र रोजगार, EDCOL सेवाका मूल आधार भन्ने संस्थाको मूल मन्त्रका साथ “थोरै थोरै बारी कान्ला अलिकति धन, सानो सानो व्यवसाय खुशी हाम्रो मन भन्ने ” नाराको साथ कार्यक्रम गरिएको हो ।
सेवा केन्द्र प्रमुख गङ्गाराम सापकोटाले कार्यक्रमको उद्देश्य बारे जानकारी दिदै स्वागत मन्तब्य राख्नु भएको थियो भने संस्थाका प्रवन्धक श्याम न्यौपानेले सहजीकरण गर्नुभएको हो ।
गत आर्थिक वर्षमा आर्थिक क्रियाकलाप मुल्यांकन अनुसार उत्कृष्ठ पाँच केन्द्र न्यु हरियाली वातावरण महिला केन्द्र, केन्द्र नम्बर ४२, बासुधारा वातावरण महिला केन्द्र केन्द्र नम्बर ५८, बसन्त ऋतु वातावरण महिला केन्द्र, केन्द्र नम्बर ८, प्रगतिशिल वातावरण महिला केन्द्र, केन्द्र नम्बर १ र बेलचौतारी वातावरण महिला केन्द्र, केन्द्र नम्बर ०४७ लाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा केन्द्र नम्बर १५४ का शेयर सदस्य सिता ढकाल लाई रु. एक लाख जीवन तथा आवास सुबिधा अन्तर्गत बिमा रकम वितरण गरिएको संस्थाका कर्मचारी रमेश बिकले जानकारी दिनुभएको छ ।
संस्था का आन्तरिक लेखा परिक्षक तथा सुपरीबेक्षक सागर खड्काले कार्यक्रम संचालन गर्नु भएको कार्यक्रम सेवाकेन्द्र सहयोग व्यवस्थापन उपसमिति को सयोजक गङ्गा सिग्देल घिमिरेल शुभारम्भ गर्नु भएको हो ।