२ दिने मुचुल्का लेखन अनुशिक्षण कार्यक्रम सम्पन्न,

22 पटक हेरिएको

सुर्खेत ।
इलाका प्रहरी कार्यालय बाबियाचौरको आयोजनामा दुई दिने अनुशिक्षण कार्यक्रम बाबियाचौरमा सम्पन्न भएको छ। जेठ ०४ गते देखि ५ गते आवाज संस्थाको साझेदारीमा “दुइ दिने मुचुल्का लेखन अनुशिक्षण” कार्यक्रम गरिएको हो । कार्यक्रममा इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख विनोद सुवेदीलगायत प्रशिक्षकहरुले प्रशिक्षण दिनुभएको थियो ।

इलाका प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई र महिला सेलमा कार्यरत गरी २१ जना प्रहरीलाई बिभिन्न नागरिकता सर्जमिन मुचुल्का, बिपद् मुचुल्का, घरेलु हिंसाको उजुरी लेखन, ठाडो निवेदन, पक्राउ पुर्जी, खानतलासी पुर्जी, हुलिया परिपत्र, घटनास्थल मुचुल्का लेखन तथा म्याद तामेल अभ्यास लगाएको बिषयमा जानकारी दिइएको हाे । २ दिनसम्म सञ्चालन भएको क्षमता बिकास सकारात्मक र प्रभावकारी भएको सहभागीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...