पालिका स्तरीय नक्साङ्कन अभ्यास कार्यक्रम पञ्चपुरीमा सम्पन्न,

39 पटक हेरिएको

सुर्खेतको पञ्चपुरी नगरपालिकामा  किशोर किशोरी प्रजनन स्वास्थ्य कार्यक्रम अन्तरगत समूह गठनका लागि नगर तथा गाउपालिका स्तरीय नक्साङ्कन अभ्यास सञ्चालन कार्यक्रम गरिएको छ । आयोन संस्थाले नगरपालिकामा ६ ओटा वडामा काम गरिरहेको छ । केयर नेपाल र नेपाल युवा संस्था सञ्जाल,HDICRS कम्पनी, Jhpiego को प्राबिधिीक सहयोग र समाज जागरण केन्द्र स्याक नेपालको आयोजनामा कार्यक्रम सञ्चालन भएको हो ।
नगरपालिकामा रहेका १,४, ७, ८, १० र ११ नंम्बर वडामा सञ्चालन भएको कार्यक्रम वडा तथा टोल स्तरमा गठन हुने किशोर किशोरी तथा अभिभावक समूहको स्थानको छनौट गरिएको  पालिका स्तरिय श्रोत ब्यक्ती कृष्ण बिकले जानकारी दिनुभएको छ । ।
किशोर किशोरीहरुलाई घरपरिवार तथा समुदायबाट स्वस्थ व्यावहारको अभ्यासद्वारा उनीहरुको आफ्नो पूर्ण सक्षमता पुर्याउन सहयोग गर्ने र सार्वजनिक प्रणाली एवं निजी संस्थाहरूलाई किशोरकिशोरी मैत्री सेवा सुविधा प्रदान गर्दै उत्पादकत्व वृद्धिको निम्ति सवलिकरण गर्दै जाने उदेश्यको बारेमा युवा परिचालन अधिकृत रेखा वलीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा परियोजना लागु भएक वडाका जनप्रतिनिधी, शिक्षक प्रतिनिधी, बिद्यार्थी, युवा समुहका प्रतिनिधी, स्वास्थ्यकर्मी लगाएतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...