कोरोना माहामारीको समयमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै अधिवक्ता गणेश वलीले कर्णाली सरकारविरूद्ध उच्च अदालत सुर्खेतमा आज रिट दायर गरेका छन् । अधिवक्ता वलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कर्णाली प्रदेश अस्पताललाई विपक्षी बनाएर आज रिट दायर गरेका हुन् ।
कर्णालीमा मृत्यु दर उच्च देखिएको अवस्थामा पनि प्रदेश सरकार र प्रदेश अस्पतालले संक्रमण रोकथाममा लापर्वाही गरेकाले रिट दर्ता गराएको अधिवक्ता वलीले बताएका छन ।
रिटमा नेपालको संविधानविपरित नागरिकको स्वास्थ्यमा खेलबाड गरिएको उल्लेख छ । जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३ मा पनि संक्रामक रोगहरुको निशुल्क उपचार गर्ने व्यवस्था गरिएको छ । यस्ता संक्रामक रोगहरुको राज्यले नि:शुल्क उपचार गर्ने दायित्व भएता पनि कर्णाली सरकार पन्छिन खोजेको अधिवक्ता वलीको भनाइ छ ।