पञ्चपुरीको मेयरमा कांग्रेसका लालबिर भण्डारीको अग्रता कायमै,

50 पटक हेरिएको

पञ्चपुरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार लालबिर भण्डारीको अग्रता कायमै छ । पञ्चपुरीको वडा नं १, २, १० र ११ को मत परिणाम अनुसार उहाले दुई हजार ८३ मत पाउनु भएको छ । उहाका प्रतिस्पर्धी एमालेका धनबहादुर थापाले एक हजार ६ सय मत ल्याउनु भएको छ । यस्तै, माओवादी केन्द्रका केशब शाहीले ६ सय ७२ मत पाउनु भएको छ ।

यस्तै, उपमेयरमा नेपाली कांग्रेसका मुक्ति रेग्मीले दुई हजार १ सय ४३ मत, एमालेका दुर्गा जैशीले एक हजार ५ सय ३२ र समाजबादीका कबिता सोडारीले ५ सय १९ मत पाउनु भएको छ ।

पञ्चपुरीको वडा नं १ मा एमाले, २, १० र ११ मा कांग्रेस बिजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...