सुर्खेत ।
“उद्यम गरौँ,आत्मनिर्भर बनौँ“मुल नाराका साथ ६ महिने सिलाई कटाई तालिम बराहतालमा सुरु भएको छ । नबज्योती केन्द्र सुर्खेतको सहयोग र गाउपालिकाको समन्वयमा बराहताल गाउँपालिका वडा नं. १० टाटीका महिलाहरुलाई सिलाइ काटाई उद्यमशिल तालिम प्रदान गरिएको हो ।
महिलाहरुलाई रोजगारी सिर्जना र उद्यमी बनाउने उदेश्यका साथ तालिमको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो तालिमको उद्घाटन गर्दै बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले गाउँपालिकाले महिलाहरूको आर्थिक आम्दानी बढाउनको लागि महिला लक्षित कार्यक्रम प्रत्येक वर्ष सञ्चालन गर्दै आएको बताउनुभएको छ ।
साथै उहाँले आगामी दिनहरुमा पनि महिलाहरूलाई आत्मनिर्भर बनाउन विभिन्न रोजगारीका कार्यक्रम सिर्जना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । भण्डारीले तालिममा निरन्तर सहभागी भएर सिक्न आग्रह गर्दै सिकेको सिपलाई व्यवहारमा उतार्न समेत निर्देशन दिनुभएको छ । तालिममा वडा नम्बर १० का १० जना महिलाहरूको सहभागिता रहेको छ ।
