सुर्खेत ।
नेपाल जीविकोपार्जन तथा उत्थानशीलता कार्यक्रम २ अन्तर्गत बालविवाह विरुद्ध सडक नाटक पञ्चपुरीमा प्रदर्शन गरिएको छ । सृजनशील शान्ति बाल समूह पञ्चपुरी ६ को आयोजना अस्ट्रेलियन एड, कारितास अस्ट्रेलिया, कारितास नेपालको सहयोग र गौरीशंकर आधारभूत विद्यालयको समन्वयमा सडक नाटक प्रदर्शन गरिएको हो ।
पञ्चपुरी नगरपालिकाको वडा नम्बर ६ चतुरेमा प्रदर्शन गरिएको सडक नाटकमा बालविवाह यसले पार्ने असर यसको रोकथामको विषयमा जनचेतनामूलक विषयवस्तु समेटिएको थियो सडक नाटक प्रदर्शनका सहभागीहरूले समाजमा पछिल्लो चरणमा बढ्दै गइरहेको बालविवाहलाई न्यूनीकरण गर्न प्रचारप्रसार र जनचेतनामूलक कार्यक्रम गर्न एकदमै आवश्यक रहेको समेत बताएका छन् । कार्यक्रममा संस्थाका संगिता घिमिरे, मिना बिष्ट लगाएतकाे सहभागीता रहेकाे थियोे ।












