सुर्खेतको पञ्चपुरी नगरपालिका प्रमुख लालबिर भण्डारीले दहताल संरक्षण र सम्बद्र्धनका लागि प्रदेश सरकारलाइ सहयोग गर्न आग्रह गर्नभएको छ । सुर्खेतको पञ्चपुरी ८ मा रहेको दहताल अवलोकनमा पुग्नुभएका कर्णाली प्रदेशका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री कृष्ण बिसी र आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहसंग सो कुरा बताउनुभएको हो ।
पञ्चपुरीको अग्लो ठाउमा रहेको दहतालको संरक्षण गर्न सकेमा यसबाट आर्थिक आम्दानी हुने बताउदै भण्डारीले तालको संरक्षण र बिकासमा सबैको सहयोग अनिवार्य रहेको बताउनुभएको छ । बर्षातको समयमा तालमा जम्मा हुने माटोका कारण ताल पुरिने खतरा बढिरहेको हुदा प्रदेश सरकारले चासोको रुपमा लिनुपर्ने स्थानियको माग रहेको छ ।
तालको अवलोकन गर्दै मन्त्री बिसीले पर्यटकिय क्षेत्रको रुपमा दहताल लाइ बिकास गर्नको लागि आफ्नो मन्त्रालयले योजना बनाएर बजेट बिनियोजन गर्ने प्रतिबद्धत समेत जनाउनुभएको छ । त्यस्तै आर्थीक मामीला तथा योजना मन्त्री सिंहले यो बर्षको बजेटमा पञ्चपुरीले माग गरे अनुसारका केही योजनाहरुलाइ सम्बोधन गर्ने र त्यसको लागि ढुक्क हुन नागकिलाइ आग्रह समेत गर्नुभएको छ । मन्त्री सिंहले स्व. तप्त बिष्टको बिकासको योजना सोच र सपना साकार पार्नको लागि कर्णाली प्रदेश सरकारमा आफुले महत्वपुर्ण र सकारात्मक भुमिका खेल्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
अवलोकनमा नेपाली कांग्रेस कर्णाली प्रदेशका सहमहामन्त्री उपेन्द्र बहादुर थापा, नेपाली कांग्रेस सुर्खेतका उपसभापति टोप बहादुर रावत, नेपाली कांग्रेस जिल्ला कार्यसमिति जाजरकोटका कार्यबाहक सभापति खड्क बि सी, नेपाली कांग्रेस सुर्खेत क्षेत्र नं २ का सभापति ईन्द्रबहादुर रावल, नेपाली कांग्रेस पञ्चपुरी नगर सभापती कृपाराम थापा, स्थानिय जनप्रतिनिधी, लगाएतको सहभागिता रहेको थियो ।