प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेट,

कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यू र माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच आज (मंगलवार) प्रदेश प्रमुखको कार्यालयमा नियमित भेट भएको छ । भेटको क्रममा माननीय प्रदेश प्रमुखज्यूले हाल महामारीको रुप लिएको कोभिड १९ (कोरोना भाइरस) नियन्त्रण र प्रतिकार्यको लागि प्रदेश सरकारले गरिरहेका प्रयास र गतिविधिको बारेमा चासो व्यक्त गर्नुभएको छ ।

त्यस अवसरमा माननीय मुख्यमन्त्रीले प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय, विभिन्न अस्पतालहरु तथा स्थानीय सरकारसँग सहकार्य गरी कोभिडको महामारी फैलिन नदिनेगरी प्रयासहरु गरिरहेको बताउनुभयो ।

कोभिड-१९ रोकथाम, नियन्त्रण, उपचार, प्रतिकार्य तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि प्रदेश सरकारले प्रर्याप्त वजेट विनियोजन गरेको जानकारीसमेत माननीय मुख्यमन्त्रीले गराउनुभएको छ । प्रदेश सरकारले कोभिड रोकथामका लागि विनियोजन गरेको कुल बजेटमध्ये आधा अर्थात् ५० करोड विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाएको शाहीको भनाई छ ।

त्यस क्रममा माननीय प्रदेश प्रमुखज्यूले कोभिड १९ रोकथाम तथा प्रतिकार्यमा प्रदेश सरकारले गरिरहेको काम सन्तोषजनक रहेको बताउँदै चेकजाँचको दर बढाउन र संक्रमितहरुलाई उपचार गरी जीवन बचाउने सवालमा कुनै कसर बाँकी नराख्नेगरी संयन्त्रहरु परिचालित गर्न सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...