पञ्चपुरीमा भरुवा बन्दुक सहित ३ जना पक्राउ,

373 पटक हेरिएको

सुर्खेतकाे पञ्चपुरी नगरपालिका १० बच्छीवाट भरुवा बन्दुक सहित ३ जना पक्राउ परेका छन ।
बिशेश सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय बाबियाचाैरका प्रहरी सहायक निरिक्षक थुमबहादुर घर्ती काे कमाण्डमा गएकाे प्रहरी टाेलिले दिउँसो करिब साढे ३ बजेकाे समयमा लुकाइ छिपाई राखेकाे ३ थान भरुवा बन्दुक बरामद गरेकाे हाे ।
पक्राउ पर्नेमा पञ्चपुरी १० बच्छी बस्ने बर्ष ४५ का जगत बहादुर खत्री, साेहि ठाउका ५७ बर्षका हस्त नेपाली र ६० बर्षका टेक बहादुर बयक रहेका छन ।

पक्राउ परेका तिनै जनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बाबियाचाैरमा राखिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...