सरकार गठन प्रक्रिया आरम्भ गर्न राष्ट्रपतिलाई तीन दलकाे आग्रह

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले अर्काे सरकार गठनका लागि प्रक्रिया थाल्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।  

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन असफल भएलगत्तै नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले संयुक्त विज्ञप्ति निकालेर धारा ७६ को उपधारा २ बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया थाल्न राष्ट्रपतिलाई आग्रह गरेका हुन् । 

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकालेर यस्तो आह्वान गरेका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिनबाट असफल हुनुभएको हाे । उहाँकाे पक्षमा मात्र ९३ मत खसेकाे थियाे । ujyaaloonline

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...