काेराेना महामारीको दाेस्राे लहर फैलिरहेकाे अवस्थामा पञ्चपुरीका एक युवाले अाफ्नै लगानीमा मास्क र खाध्यान्न बितरण गरेका छन । पञ्चपुरी नगरपालिका वडा नं ६ का नेपाली काङ्ग्रेस टोल नं १ का सचिब मदन रिमालले आफ्नै वडाकाे लाटिकाडा, बल्ले, हलगाडे र खमारीका घरपरिवारलाई ६ सय ५० थान मास्क बितरण गरेका छन ।
त्यसैगरी वडा नं ६ काे लाटिकाडाका अति बिपन्न अनिता लामिछाने, ओम बहादुर लामछाने, सुनिता कुमाल र मनिराम कुमालकाे परिवारलाई चामल, दाल, नुन र तेल समेत सहयोग गरिएको छ । लकडाउनले धेरै जसाे समुदायमा ज्यालामजदुरी गरि परिवार पाल्ने नागरिकहरु समस्यामा परेकाे र यसमा स्थानीय देखि प्रदेश तथा केन्द्र सरकारकाे सहयोग आवश्यक रहेकाे रिमालले बताए ।
काेराेना महामारीले समुदायमा बिकराल समस्या सृजना गर्ने भएको हुदा सबैजना सचेत हुन पनि रिमालले आग्रह गरेका छन । मास्क लगाउनु भन्दा खान नपाएर मर्ने अबस्था आएकाे भन्दै स्थानीयले दुखेसाे पाेखेपछि खाद्यान्न सहयोग गरेकाे बताएका छन ।