सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं ६ मा संचालन भएको ३ महिने हेयर कटिङ तालिम आज सम्पन्न भएको छ । उद्योग तथा उपभोक्ता संरक्षण निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको आयोजनामा सञ्चालन भएको कार्यक्रममा १० जनाको सहभागीता रहेको थियो । वडा ६ ले वडा भित्रका बेरोजगार युवाहरूलाइ स्वरोजगार गराउनको लागि कार्यक्रम संचालन भएको आयोजकले जनाएको छ ।
समापन कार्यक्रममा वडा नं ६ का अध्यक्ष नरबहादुर सिजापतीले सिप सिकेका युवाहरुलाइ रोजगारीमा लाग्न आग्रह गर्दै मेहनत गरेमा वडाको तर्फबाट आवश्यक सहयोग गर्ने समेत बताउनुभएको छ ।
सिजापतीले सहभागीलाई सिक्ने सयम मिलाई दक्ष बनाएकोमा उद्योग तथा उपभोक्ता संरक्षण निर्देशनाललाइ धन्यवाद समेत दिनुभएको छ । तालिमको प्रशिक्षण हरि बहादुर शाही र सहजिकरण हिमाल तिवारीले गर्नुभएको हो ।