कर्मचारीमा काेराेना संग मिल्दोजुल्दो लक्षण देखिएकाे भन्दै पञ्चपुरी नगरपालिकाले कार्यालयका कामकाज बन्द गर्ने निर्णय गरेकाे छ । जिल्ला प्रशासन कार्यालय सुर्खेत बाट ताेकिएका अत्यावश्यक काम बाहेक अरु काम नगरपालिका र वडा कार्यालयबाट नहुने कार्यालयकाे जारी सुचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाले सबै नागरिकहरुलाई काेराेनाकाे जाेखिम उच्च रहेकाे हुदा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन अनुराेध समेत गरेकाे छ । सामाजिक दुरी कायम गरि स्वास्थ्य मापदण्डकाे पालना गर्न र बेलाबेलामा साबुन पानिले हात धुन समेत सबैलाई अाग्रह गरेकाे छ ।
त्यस्तै चाैकुने गाउपालिका अध्यक्ष धिरबहादुर शाहि नागरिकलाई सचेत गराउन अाफै प्रचारप्रसारमा जुटेका छन । घरदैलोमा पुगेर उनि अाफैले काेराेना बाट बच्ने उपायबारे प्रचारप्रसार गर्दै गरेकाे पाईएकाे छ ।
चाैकुने र पञ्चपुरी नगरपालिकाले पुर्ब तयारीका लागि एम्बुलेन्स र अाइसाेलेशन काे समेत ब्यवस्थापन गरेकाे छ ।
(स्वास्थ्य सम्बन्धि लगायतका जानकारीका लागि ) प्रा. स्वा.के. सालकोट डा.जितेन्द्र यादव ९८४०९८३९२२पञ्चपुरि स्वास्थ्य शाखा प्रमुख ९८४८२८०३३८ स्वास्थ्य चौकी विद्यापुर दिनेश गौतम ९८४८११९४०४ स्वास्थ्य चौकी बाबियाचौर सिद्ध राज जैसि ९८४८०००९३३ स्वास्थ्य चौकी तातापानी नमराज पौड्याल ९८५८०६०१७३ स्वास्थ्य चौकी छाप्ने सारदा देवकोटा ९८४८०५६६४९ एम्बुलेन्स सेवा का लागि पञ्चपुरि अस्पताल प्रालि (एम्बुलेन्स ) ९८४८०००९३३प्राथमिक स्वास्थ्य केन्द्र सालकोट (एम्बुलेन्स) ९८४०९८३९२२ रहेको छ ।