पञ्चपुरी नगरपालिका ९ रागमा रिभर गाइड तालिम सञ्चालन,

72 पटक हेरिएको

२६ बैशाख सुर्खेत ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको आयोजना तथा नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सीज (नारा ) को समन्वयमा रिभर गाइड तालिम सञ्चालन गरिको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका ९ रागमा वैशाख १२ गतेदेखि तालिम सञ्चालन गरिएको हो । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ३५ जना प्रशिक्षर्थीहरु तालिममा सहभागी भएका छन् ।
कर्णाली रेफ्टिङ एन्ड एडभेन्चर प्रालीको व्यवस्थापनमा तालिम सञ्चालन भइरहेको छ । पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नको लागि तालिमको सञ्चालन गरिएको प्रा.ली का सञ्चालक देवराज जैसीले बताउनुभएको छ। तालिमका सहभागी मञ्जु कुमारी जैसीले तालिममा धेरै कुरा सिकेको र प्रमाणपत्र भएपछि थप काम गर्न सजिलो हुने बताउनुभएको छ। साथै उहाँले समुदायमा महिलामाथि हेर्ने दृष्टिकोण बदल्नकै लागि रेप्टिङ व्यवसायमा सहभागी भएको बताउनुभयो ।

त्यसैगरी तालिमका अर्का सहभागी बसन्ती भाटले तालिम बाट पर्यटकहरूलाई जलयात्रा गर्दा के के कुरा सावधानी अपनाउनु पर्छ भन्ने कुरामा ज्ञान भएको बताउनुभयो । रेप्टिङ व्यवसायमा सम्भावना बोकेर सल्यान जिल्लाबाट सहभागी हुनुभएका सुकदेव आचार्यले गाइडहरूलाई सरकारले सहज तरिकाले लाइसेन्स उपलब्ध गराउने वातावरण बनाइदिन आग्रह समेत गर्नुभएको छ ।

तालिमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक संगीता ओझाले तालिम सकारात्मक भएको र सहभागीहरूले सिकेको सीपलाई प्रयोगमा ल्याउन सकेमा पर्यटन व्यवसायमा थप टेवा पुग्ने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...