स्वर्गीय आमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना,

314 पटक हेरिएको

सुर्खेत ।
मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने र आमालाई सम्मान गर्ने दिवसका अवसरमा बिद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । सुर्खेतकाे पञ्चपुरी ५, मुरमुरीमा रहेकाे नेपाल रास्ट्रिय प्राथमिक बिधालय मा १ लाख बराबरको अक्षयकोष स्थापना गरिएकाे हाे ।

आफ्नाे स्व. आमा सिद्दरा शाहीकाे सम्झनामा अस्ट्रेलिया बस्दै आएका छाेरा भुपेन्द्र शाही र बुहारी निर्मला कुमारी मल्लले शिद्दरा शाही स्मृति अक्षयकोषको निर्माण गर्नुभएकाे हाे । अक्षयकोष बाट विद्यालयमा अध्ययनरत गरिब, जेहन्दार, आमा बुबा नभएका विद्यार्थीहरुलाई प्रत्येक बर्ष स्टेशनरी सामग्रीलगायत छात्रवृत्ति प्रदान गरिने भुपेन्द्र शाहीले बताउनुभएकाे छ ।

बिद्यालयका प्रधानाध्यापक बेला थापाले आफुले अध्ययन गरेकाे बिद्यालयमा आफ्नाे आमाकाे सम्झनामा अक्षयकोष स्थापनाले थप बिद्यालयमा राहत हुने बताउदै सहयोगी प्रति धन्यवाद समेत दिनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...