नेकपा एमाले पञ्चपुरी नगर कमिटीको अध्यक्षमा रावत विजयी,

सुर्खेत ।
नेकपा एमाले पञ्चपुरी नगरपालिकाको नगर कमिटीको अध्यक्षमा भिम बहादुर रावत निर्वाचित हुनु भएको छ । अध्यक्ष पदका अर्का उम्मेदवार शान्तिराज खराललाई ३७ मतले हराउँदै रावत अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचित अध्यक्ष रावतले १ सय २४ मत प्राप्त गर्नुभएको छ भने खरालले ८७ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा रमेश बाैडेलले १ सय १४ मत प्राप्त गर्नुभएको छ भने शेरबहादुर थापाले ९३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी सचिवमा होम बहादुर रामजालि १ सय ११ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ भने झक्की सिजापतिले ९९ मत प्राप्त गर्नुभएको छ । उप सचिब पुरुष तर्फ पदमराज रिमाल १ सय १ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ भने कबिराज माझीले ७८ मत प्राप्त गर्नुभएको छ । महिला उपसचिव तर्फ गिता बिकले १ सय १ मत प्राप्त गरि बिजयी हुनुभयो भने पबित्रा बुढाले ८७ मत ल्याउनुभएकाे छ । शनिबार साँझ भएको मतदानमा २ सय १९ प्रतिनिधि मध्ये २ सय १६ जनाले मतदान गरेका थिए । निर्वाचित टिमकाे सपथ ग्रहण आईतबार बिहान ७ बजे हुने निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...