पञ्चपुरी ८ का कृषक समुह सदस्यहरुलाइ सहकारी शिक्षा तालिम प्रदान

पञ्चपुरी कृषि सहकारी सस्था लिमिटेड पञ्चपुरी ९ विद्यापुर सुर्खेतको आयोजनामा सहकारी शिक्षा तालिम प्रदान गरिएको छ । सहकारीको पञ्चपुरी ८ माझिगाउ रहेको पञ्चपुरी कृषक समुहका २९ जना शेयर सदस्य हरुलाइ सहकारी शिक्षा तालिम दिइएको हो ।
तालिमको सहजिकरण सस्थाका निबर्तमान अध्यक्ष तथा सल्लाहकार गङ्गाराम घिमिरेले गर्नुभएको हो ।

तालिममा सहकारीले हाल सम्म गरेका काम, सहकारीको अन्तर्राष्ट्रिय, राष्ट्रिय स्तरमा स्थापना, सहकारीका शिद्दान्त, मुल्य मान्यता, महत्त्व, बिशेषता बारेमा जानकारी दिएको छ । कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक डिला सापकोटाले गर्नु भएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तब्य सस्थाका उपाध्यक्ष ज्ञानु सापकोटा ले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष डिल्लिराम तिवारीले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...