नेकपा एमाले पञ्चपुरीको अध्यक्ष पदका लागि खराल र रावत भिड्दै,

सुर्खेत ।
नेकपा एमाले पञ्चपुरीको दोस्रो नगर अधिवेशनको अध्यक्षका लागि चुनावी प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदका लागि दुईजना बीच प्रतिस्पर्धा हुने भएको हाे । अध्यक्ष पदमा शान्ति राज खराल र भिमबहादुर रावत बिच चुनावी प्रतिस्पर्धा हुन लागेकाे हाे ।

त्यसैगरी उपाध्यक्षमा रमेश बाैडेल, शेरबहादुर थापा, सचिवमा झक्कीबहादुर सिजापति, होमबहादुर रामजाली त्यसैगरी उपसचिवमा पदमराज रिमाल, कविराज माझी, गीता विक र पवित्रा बुढा बीच प्रतिस्पर्धा हुने भएको छ। २१९ जना मतदाता रहेको र मतदान ४ बजे देखि सुरु हुने निर्वाचन समितिले जनाएको छ। अन्य पदाधिकारी सर्बसहमतीबाट टुङ्गो लगाउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...