सिस्नेकाँडाका अग्निपीडितलाइ रेडक्रस र यातायात ब्यावसायीद्धारा राहत प्रदान,

आगलागीबाट घर नष्ट भएका पञ्चपुरी २ सिस्नेकाँडा सुर्खेतका अग्निपीडितलाई राहत प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा सालकोट र संयुक्त यातायात ब्याबसायीको पहलमा नगद तथा खाद्यान्न प्रदान गरिएको छ । पञ्चपुरी २ सिस्नेकाँडाका धनबिर रोकायको वनबाट आएको आगोले घर र गोठ जलेर पुर्णरुपमा क्षती पुगेको हो ।
रेडक्रस सोसाइटी उपशाखा सालकोटले संकलन गरेको ४० हजार ३ सय ३६ र संयुक्त यातायात ब्याबसायी संयोजक सालकोटका प्रेम बहादुर बिसी (राजु) को पहलमा नगद १० हजार गरि ५० हजार ३ सय ३६ रुपैया नगद तथा खाद्यान्न सहयोग गरिएको रेडक्रस उपशाखा सालकोटका सचिब रेशम शाहीले जानकारी दिनुभएको छ । पीडितलाई ५० किलो चामल, ५ किलो दाल र नुन, कम्बल, झुल, प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...