लोकतान्त्रिक आदिवासी जनजाति महासंघको पहिलो कर्णाली प्रदेश अधिवेशन हुदै,

सुर्खेत, २१ बैशाख ।

नेपाली कांग्रेस निकट भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कर्णाली प्रदेश कार्यसमिति अधिवेशनमा जुटेको छ। प्रथम अधिवेशन यही बैशाख २३ गते सुर्खेतमा हुन लागेको हो।अधिवेशनको तयारी पूरा भएको प्रचासप्रसार तथा मञ्च र सांस्कृतिक व्यवस्थापन उपसमिति सदस्य चन्द्र रानाले जानकारी दिनुभयो । अधिवेशन सुर्खेतको जिल्ला समन्वयन समितिको सभाहलमा सञ्चालन हुनेछ।

अधिवेशनलाई कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सम्बोधन गर्ने कार्यतालिका रहेको छ। अधिवेशनमा केन्द्रिय अध्यक्ष ओमबहादुर घर्ती सहितको सहभागिता रहने छ । अधिवेशन सम्पन्न गर्न टेकबहादुर गुरुङको संयोजकत्वमा ४ वटा उपसमिति गठन गरिएको छ । अधिवेशन सम्पन्न गर्नका लागि हस्त पुनको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको छ । प्रचारप्रसार, मञ्च एवम सांस्कृतिक व्यवस्थापनका लागि सरोज श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन भएको छ ।

यस्तै यातायात व्यवस्थापनका लागि मधु गुरुङको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन भएको छ । अधिवेशनमा सहभागिको आवास व्यवस्थापनका लागि कर्णबहादुर रानको संयोजकत्वमा उपसमिति गठन भएको छ । प्रचासप्रसार उपसमिति सदस्य रानाका अनुसार अधिवेशनमा कर्णाली प्रदेशका १० जिल्लाका करिव ३ सय प्रतिनिधि सहभागी हुनेछन्। ३६ सदस्यीय नयाँ कार्यसमिति अधिवेशनले चयन गर्ने रानाले बताउनु भयो। सर्वसम्मत नेतृत्व चयनको प्रयास हुने उहाँले बताउनु भयो । नेपाली कांग्रेसको नयाँ विधान २०७९ अनुसार बनेको लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा ५९ आदिवासी जनजाती सूचीकृत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...