राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस पञ्चपुरीमा मनाइयो,

समृद्ध नेपालको आधार र सूचना प्रविधि र सञ्चार भन्ने मूल नाराका साथ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ आज एक कार्यक्रमका बीच बाबियाचौरमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिका सुर्खेतको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाभित्र भएका कर्मचारी, प्रहरी सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । सूचना प्रविधि सम्बन्धी क्षमता विकास कार्यक्रममा साइबर सुरक्षा सामाजिक सञ्जाल सूचना प्रविधिको पहुँच विकास सम्बन्धी छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिकाका उपप्रमुख मुक्ति रेग्मीले पछिल्लो चरणमा सूचनाको दुरुपयोग हुने भएको हुँदा सामाजिक सञ्जाल र सञ्चार प्रविधिको विषयमा पनि सबैले ज्ञान लिन जरुरी रहेको बताउनुभएको छ । साथै उहाँले सामाजिक सञ्जालमा हुने भ्रामक सूचना समाचारहरुबाट जोगिनको लागि यसको बारेमा सबैले सही सूचना र सन्देश प्राप्त गर्न जरुरी रहेको बताउनुभएको छ । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले २१ औँ शताब्दीमा सूचना र प्रविधि समाजको विकासका लागि महत्त्वपूर्ण भएको हुँदा सही सूचना पाउनु नागरिकहरूको अधिकार भएको बताउनुभएको छ ।
साथै उहाले आम नागरिकमा सही र समयमै सूचना पुग्नको लागि सबैले आ आफ्नो ठाउँबाट कर्तव्य पूरा गर्न जरुरी रहेको बताउनुभएको छ । कार्यक्रमका सहभागीहरूले नगरपालिकाले आयोजना गरेको क्षमता विकास कार्यक्रम प्रभावकारी समय सान्दर्भिक भएको समेत प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...