नेकपा एमाले पञ्चपुरीको दोस्रो नगर अधिबेशन आजदेखी बाबियाचौरमा सुरु

नेकपा एमाले पञ्चपुरीको दोस्रो नगर अधिबेशन आजदेखी बाबियाचौरमा सुरु भएको छ । नगर कमिटीका संयोजक झक्की सिजापतिको अध्यक्षतामा भएको अधिबेशनमा पार्टी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलको प्रमुख अतिथी रहनुभएको थियो ।
उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य नवराज रावतले नेकपा एमालेले अगाडि सारेका विकास र समृद्धिका योजनाअनुसार अगाडि बढ्न सकेमा मात्र देशका तमाम समस्या समाधान हुने बताउनुभयो । रावतले अबका सबै निर्वाचनमा एमाले बहुमतका साथ पहिलो पार्टी बन्ने भएकोले जनताको घरदैलोमा पुगेर समस्यालाई सम्बोधन गर्न अब बन्ने नगर कमिटीलाई निर्देशन समेत दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री यामलाल कडेलले पार्टीका नाममा व्यक्तिवादी गुट उपगुट बनाएर नेता बन्न नसकिने बताउनुभएको छ । आफू नेता बन्ने होेडमा नवराज रावत र यामलाल कडेलको नाम लिएर गुट उपगुट बनाउन नहुने उहाँको धारणा रहेको छ । साथै उहाँले दोस्रो अधिवेशनबाट सहि र सक्षम नेतृत्व छान्नुपर्ने र त्यसका लागि सबैले सल्लाह र सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य धर्मराज ढुंगाना, जिल्ला कमिटी उपाध्यक्ष मोहन सिं बडुवाल, जिल्ला कमिटी सदस्य लगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । भोली सम्म चल्ने अधिबेशनको बन्दशत्र सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...