देउडा गायिका तथा कार्यक्रम “संगीत समर्पण”की सञ्चालिका सपना शाही इन्टरनेसनल म्युजिक अवार्डबाट सम्मानित हुनुभएको छ ।
कर्णाली प्रदेशको दैलेख जिल्लामा जन्मेकी शाहीले झन्डै लोक र देउडा विधामा तीन दर्जन गीत रेकर्ड गराउनुभएकाे छ । संगीतमा सेन्देश दिनुपर्छ भन्ने शाही लोक गीतलाई आफ्नो कर्म बनाउँदै देउडा गीतलाई पनि उत्तीकै न्याय दिदै आनुभएको छ ।
केही दिन अघि भारतको चण्डीगढमा प्रवासी साझा मञ्चले गरेको कार्यक्रममा सकारात्मक सोचकी धनी गायिका सपना शाही भारती इन्टरनेशनल म्युजिक अवार्ड (२०२४) बाट सम्मानित गरिएको हो । नेमबहादुर शाहीको शब्द र धिरेन्द्र शाहीको लय रहेको तीन चुलीका अग्ला शिर बोलको देउडा गीतमा स्वर दिएकी शाहीलाई देउडा गायन तर्फको अवार्ड दिइएको हो । अवार्ड प्राप्त पछि शाहीले सांगीतिक क्षेत्रमा अगाडि बढ्न थप हाैसला बढेकाे बताउनुभएको छ ।