कर्णाली प्रदेशको सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या बढेपछि जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण दर कम हुने सम्भावना नदेखिएकोले बैशाख २७ गतेसम्म निषेधाज्ञा थप गर्ने केन्द्रले निर्णय गरिसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
कोरोनाको संक्रमण दर भयावह बन्ने अवस्था देखिएकाले आम सुर्खेतबासी नागरिकहरुलाई कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्न र निषेधाज्ञामा घरमै बसेर कोरोना हुनबाट जोगिन साथ दिन प्रजिअ रिजालको आग्रह छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोना पुष्टि भएका २१४ जना मध्य १७२ जना सुर्खेतका रहेका छन् ।