दैलेखमा कोरोना सङ्क्रमित गर्भवतीको ज्यान गएको छ । नारायण नगरपालिका ३ भूर्तीकी कोरोना सङ्क्रमित २७ वर्षीया गर्भवतीको दैलेख अस्पतालमा सुत्केरी गराउने क्रममा ज्यान गएको हो ।
गएको चैत २१ गते डाक्टरले सुत्केरी हुने समय दिएकोमा ती महिलामा सुत्केरी व्यथासँगै श्वासप्रश्वास समस्या देखिएको हो ।
सुत्केरी गराउँदा महिलाको ज्यान गएपछि एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल दैलेखका डाक्टर जगत थापाले बताउनुभयो ।