अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रस्तावना लेखन तालिम पञ्चपुरीमा सम्पन्न,

47 पटक हेरिएको

सुर्खेत ।
अपाङ्गता भएका व्यक्तिहरूका लागि दुई दिने आधारभूत प्रस्तावना लेखन पुनर्ताजगी तालिम आज पञ्चपुरीको बाबियाचौरमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिका स्तरीय अपाङ्ग सञ्जालका १३ जना कार्यसमितिका सदस्यको सहभागिता रहेको तालिममा ३ जना महिला र १० जना पुरुषको सहभागिता रहेको थियो ।
पहुँच तथा समावेशीकरण परियोजनाको सहयोग समन्वय अपाङ्ग सञ्जाल पञ्चपुरीको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिममा प्रस्तावना लेखन, प्रस्तावना लेखन गर्दा ध्यान दिनुपर्ने कुराहरू र कस्तो विषयलाई प्रस्ताव पेश गर्ने भन्ने विषयमा छलफल तथा सहजीकरण गरिएको थियो ।

कार्यक्रममा पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेगमीले स्थानीय स्तरमा भएका समस्याको पहिचान गरी कार्ययोजना बनाई कार्यालयमा पेश गर्ने र पास भएका योजनाहरु सम्पन्न गर्नका लागि सबै जुटेर अगाडि बढ्नुपर्ने बताउनु भएको छ ।
साथै उहाँले यसअघि पनि अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रम आइएनएफ सुर्खेत पहुँच तथा समावेशीकरण परियोजनाका ताराबहादुर कार्की र लोकप्रसाद गौतमले सहजीकरण गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...