घरमा आगलागी हुदा रावल परिवारको बिचल्ली,

32 पटक हेरिएको

कैलालीको मोहन्याल गाउपालिका वडा नम्बर ६ सोल्टामा आज आगलागी भएको छ । दिउँसो साढे २ बजे गहुँको नल जलाउन लगाइएको आगो स्थानीय प्रबिण रावल को काठको घरमा सल्केको थियो । आगलागी बाट १ लाख ४० हजार नगद सहित सुन,चादी ,१० क्विन्टल गहुँ ,१५ क्विन्टल धान ,१ वटा खसी जलेको छ भने १ हल गोरु ,२ बाख्रा ,२ खसी घाइते भएका छन् ।

नगदी र जिन्सी गरि ६ लाख ४० हजार बराबरको आर्थिक नोक्सानी भएको ईलाका प्रहरी कार्यलय सुगरखाल सोल्टाले जनाएको छ। घर जलेपछि रावलको ९ जनाको परिवार अहिले बिचल्लीमा परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...