कमलबजार नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरण स्टेसन स्थापना केन्द्र निर्माण हुँदै,

50 पटक हेरिएको

अछामकाे कमलबजार नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरण दर्ता अथवा वितरण स्थायी स्टेसन स्थापना भएको छ। कमलबजार नगरपालिका तथा पञ्जीकरण विभागको समन्वयमा कमलबजारमा राष्ट्रिय परिचयपत्र वितरण दर्ता अथवा वितरण स्थायी स्टेसन स्थापना हुने भएको हो। अबको एक साताभित्र कमलबजारमा राष्ट्रिय परिचयपत्र वितरणदर्ता अथवा वितरण स्थायी स्टेसन स्थापना हुने नगरप्रमुख यज्ञप्रसाद ढकाले जानकारी दिनुभयो।

कमलबजार नगरपालिका र पञ्जीकरण विभाग को साझेदारीमा आज कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकाल र पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेल निर्देशक मुकेश कुमार केसरी लगायतले हस्ताक्षर गरेका छन् । साथै कमलबजार नगरपालिका,तुर्माखाद गाउँपालिका, र ढकारी गाउँपालिका,लगायतका नागरिकहरूले कमलबजारबाटै राष्ट्रिय परिचयपत्र लिन पाउने भएका छन्। आर्थिक वर्षको श्रावण १ गतेबाट कमलबजार नगरपालिका पालिका तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकाका आम नागरिकहरूले सेवासुविधा लिन पाउने भएका छन्।

राष्ट्रिय परिचयपत्र लिनको लागि सदरमुकाम मङ्गलसेन जानका लागि नागरिकहरूलाई निकै शास्ती भएको कुरालाई मध्यनजर गर्दै पालिका तहमै राष्ट्रिय परिचयपत्र वितरण दर्ता अथवा वितरण स्थायी स्टेसन निर्माण गरिएको स्रोतले जनाएको छ।

यस्तै नगर प्रमुख यज्ञप्रसाद ढकाले तीनवटा पालिकाका प्रत्येक नेपाली नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने, व्यक्तिका वैयक्तिक र जैविक बिबरण तथा राष्ट्रिय परिचय नम्बर सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र प्रदान गर्ने, एकीकृत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको विकास गरी सो प्रणालीलाई राज्यबाट उपलव्ध सेवा सुविधासँग आवद्धसमेत गर्ने उद्देश्यले नगरपालिकामै राष्ट्रिय परिचयपत्र वितरण अथवा वितरण स्थायी स्टेसन स्थापना गरिएको बताउनुभयो।

राष्ट्रिय परिचय पत्र भनेको नागरिकहरूको वैयक्तिक तथा जैविक बिबरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाण पत्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...